Bhairahawa Online Logo
News

राष्ट्रपति सीको रात्रिभोजमा ओली र मोदीबीच भेट

Share:
Bhairahawa Online
राष्ट्रपति सीको रात्रिभोजमा ओली र मोदीबीच भेट
Pic : Narendra modi twitter

काठमाडौं — चीनका राष्ट्रपति सी चिनफिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भएको छ।

एससीओ सम्मेलन सुरु हुनु अघि तियानजिनमा गरिएको रात्रिभोजका क्रममा दुबै नेताबीच कुराकानी भएको हो। भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै नेपाल–भारत सम्बन्धलाई “गहिरो र विशेष” भनेका छन्।

मोदीले प्रधानमन्त्री ओलीसँग भेट्न पाएकोमा खुशी लागेको पनि बताएका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News