News
दोलखामा ४.१ म्याग्नेच्युडको भूकम्प
Bhairahawa Online

काठमाडौं । दोलखाको लापिलाङ आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो महसुस भएको कम्पनले स्थानीय क्षेत्रमा हल्का धक्का दिएको हो।
यसअघि आजै बिहान गोरखाको हंसपुर केन्द्रबिन्दु बनाएर ४.० म्याग्नेच्युडको भूकम्प गएको थियो। लगातार भूकम्पका धक्काले स्थानीयबासी सतर्क बनेका छन्।