Bhairahawa Online Logo
News

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किँदै

Share:
Bhairahawa Online
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किँदै
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै छन्। उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन गएको टोलीसहित स्वदेश फर्किन लागेका हुन्।

प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजना हुने ‘विजय दिवस’ सैन्य परेडमा समेत सहभागिता जनाएर फर्कन लागेका हुन्। भदौ १४ गते चीन प्रस्थान गरेका ओलीले सो क्रममा राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङसँग भेटवार्ता गरेका थिए। यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधनसमेत गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए।

प्रधानमन्त्रीसँगै धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत उच्च अधिकारीहरूको सहभागिता रहेको भ्रमण दल आजै काठमाडौं फर्किने तयारीमा छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News