Bhairahawa Online Logo
News

रुपन्देही–३ मा न्यायाधीश बस्नेत र मनाङमा न्यायाधीश श्रेष्ठ मुख्य निर्वाचन अधिकृत सिफारिस

Share:
Bhairahawa Online
रुपन्देही–३ मा न्यायाधीश बस्नेत र मनाङमा न्यायाधीश श्रेष्ठ मुख्य निर्वाचन अधिकृत सिफारिस

काठमाडौं । आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि न्याय परिषद्ले दुई जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रूपमा सिफारिस गरेको छ।

परिषद्को निर्णयअनुसार रुपन्देही–३ का लागि रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेत र मनाङ प्रदेशसभा क्षेत्र नं. २ का लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नाम सिफारिस गरिएको हो।

रुपन्देही–३ मा राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि उपनिर्वाचन हुँदैछ भने मनाङमा प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि उपनिर्वाचनको आवश्यकता परेको हो।

परिषद्का सूचना अधिकारी सुमन पाण्डेका अनुसार परिषद्को सिफारिसपछि मन्त्रिपरिषद्ले उनीहरूलाई औपचारिक रूपमा तोक्ने प्रक्रिया अघि बढाउनेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News