Bhairahawa Online Logo
Politics

जनमत अध्यक्ष राउतलाई २४ घन्टे भित्र राजीनामाको माग

Share:
Bhairahawa Online
जनमत अध्यक्ष राउतलाई २४ घन्टे भित्र राजीनामाको माग

कठमाडौं :जनमत पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ। अध्यक्ष सीके राउतलाई पदबाट राजीनामा दिन पार्टीका वरिष्ठ नेताहरूले २४ घन्टे अल्टिमेटम दिएका छन्।

उपाध्यक्ष अब्दुल खनाको नेतृत्वमा प्रवक्ता डा. शरद सिंह यादव, युवा संघ संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी संघका सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमलगायतले एकसाथ राजीनामाको माग अघि सारेका हुन्।

नेताहरूले देशको राजनीतिक, सामाजिक र प्रशासनिक क्षेत्रमा सुधार अपरिहार्य भएको र त्यसैअनुरूप पार्टीभित्र पनि गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। सो कारणले अध्यक्ष राउतले स्वेच्छिक राजीनामा दिनुपर्ने उनीहरूको धारणा छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News