Bhairahawa Online Logo
Politics

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग, संस्थापनइतर समूहले हस्ताक्षर अभियान थाले

Share:
Bhairahawa Online
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग, संस्थापनइतर समूहले हस्ताक्षर अभियान थाले

काठमाडौं — नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठेको छ। संस्थापनइतर धारका महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर संकलन सुरु गरेका छन्।

भदौ २३ र २४ गते भएको जेन–जेडी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै गुरुराज घिमिरेको नेतृत्वमा प्रतिनिधिहरूले विशेष महाधिवेशन आवश्यक भएको निष्कर्ष निकालेका हुन्।

उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “विगतका कमजोरीप्रति देशवासीसँग क्षमा माग्न, सुधारिएको बाटोबाट अघि बढ्न र नेतृत्वसम्बन्धी प्रश्नको समाधान गर्न विशेष महाधिवेशन नै उपयुक्त विकल्प हो।”

हस्ताक्षर अभियानमा सहभागी हुनेहरू प्रायः शेखर कोइराला निकट नेताहरू रहेको देखिएको छ। उनीहरूले कांग्रेसका अन्य प्रतिनिधि तथा कार्यकर्तालाई पनि अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News