Bhairahawa Online Logo
Politics

५ महिनाभित्र १० प्रमुख सहरमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने मन्त्री खरेलको घोषणा

Share:
Bhairahawa Online
५ महिनाभित्र १० प्रमुख सहरमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने मन्त्री खरेलको घोषणा

काठमाडौँ — नयाँ नियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेको पहिलो दिनमै महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्। मन्त्री खरेलले आगामी पाँच महिनाभित्र देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने योजना अघि सारेका हुन्।

पदभार ग्रहण समारोहका क्रममा मन्त्रालयका अधिकारीहरूले प्रस्तुत गरेको प्रस्तावमा केही थप सुझाव दिँदै उनले देशभरका नागरिकले सूचना प्रविधिमा सजिलै पहुँच पाउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

मन्त्री खरेलले विशेषगरी काठमाडौँ बाहेकका प्रमुख सहरका खुला तथा सार्वजनिक स्थलहरूलाई लक्षित गर्दै सेवा विस्तार गरिने बताए। उनका अनुसार, यो निर्णयले डिजिटल पहुँच बढाउने मात्र नभई शिक्षा, व्यवसाय तथा पर्यटन क्षेत्रमा समेत सहयोग पुर्‍याउनेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News