आज पनि विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरेको छ। अहिले पनि काठमाडौँ उपत्यकासहित देशका थुप्रै स्थानमा वर्षा भइरहेको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार —
* **दिउँसो** :
* बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा सामान्यतया आकाशमा बाक्लो बादल रहनेछ। * यी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। * लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
* **राति** :
* देशभर सामान्यतया बदली रहनेछ। * पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने देखिन्छ। * गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र कोसी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।
---