Social
आज कुन–कुन स्थानमा वर्षा हुने सम्भावना?
Bhairahawa Online

काठमाडौँ। मौसम पूर्वानुमान विभागले आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ। देशको पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मुख्यतया सफा मौसम रहने विभागको पूर्वानुमान छ।
आज दिउँसोको अवधिमा कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यसै अवधिमा कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा मुख्यतया सफा मौसम रहने छ।
आज राति भने कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ। देशको बाँकी भूभागमा राति पनि मुख्यतया सफा मौसम रहने पूर्वानुमान छ। विभागले सामान्यतया स्थिर मौसम अवस्था कायम रहने बताएको छ।