News
अमेरिका बाट ३७ जना नेपालीलाई निष्कासन, चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइँदै
Bhairahawa Online

काठमाडौं । अमेरिकामा अवैध रुपमा प्रवेश गरी त्यहाँको अध्यागमन नियम उल्लङ्घन गरेका ३७ जना नेपालीलाई निष्कासन गरिएको छ। उनीहरू बुधबार विशेष चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
अध्यागमन स्रोतका अनुसार निष्कासनमा परेका अधिकांशको उमेर २६ देखि ३० वर्षबीचको छ। पक्राउ पर्दा धेरैसँग कागजात नभएको बताइएको छ। राहदानी नभएकाहरूका लागि वासिङटन डिसीस्थित नेपाली दूतावासले अस्थायी यात्रा कागजात तयार गरेको हो।
अवैध बसाइको क्रममा नियमित जाँचमा समातिएका उनीहरूलाई हालै पक्राउ गरी स्वदेश पठाउने तयारी गरिएको हो। पछिल्ला दिनमा अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीमाथि कडाइ बढाइएपछि नेपालीहरू समेत निरन्तर रूपमा निष्कासनमा पर्न थालेका छन्।