News
रुसका राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो
Bhairahawa Online

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिएका छन्। तियानजिनमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले पुटिनलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका हुन्।
भेटका क्रममा दुई मुलुकबीच आपसी सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। उनका अनुसार, नेपालीहरूको रुसी सेनामा सहभागितासम्बन्धी विषयमा पनि कुराकानी भएको र कूटनीतिक माध्यममार्फत समाधान खोजिने सहमति भएको छ।
यससँगै नेपाल–रुसबीच सिधा हवाई उडान सञ्चालन गर्ने सम्भावनाबारे पनि विचार-विमर्श भएको परराष्ट्र सचिव राईले बताए।
---