Bhairahawa Online Logo
News

‘डीप फेक’ भिडियो प्रकरणमा सांसद वाग्लेले साइबर ब्युरोमा दिए उजुरी

Share:
Bhairahawa Online
‘डीप फेक’ भिडियो प्रकरणमा सांसद वाग्लेले साइबर ब्युरोमा दिए उजुरी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आफ्नो आवाज दुरुपयोग गरिएको भन्दै साइबर ब्युरोमा औपचारिक उजुरी दिएका छन्।

बुधबार दिउँसो भोटाहिटीस्थित साइबर ब्युरोमा पुगेर वाग्लेले अमित मगर र कमल पाठकविरुद्ध उजुरी दर्ता गराएका हुन्। उनका अनुसार सामाजिक सञ्जालमा आफैंले बोलेझैं देखिने गरी ‘डीप फेक भिडियो’ बनाइएर पोस्ट गरिएको छ, जसले व्यक्तिगत छवि मात्र नभई राजनीतिक गतिविधिलाई समेत प्रभावित पारेको छ।

ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले उजुरी दर्ता भइसकेको जानकारी दिँदै घटनाबारे अनुसन्धान अघि बढाइने बताए। सो भिडियोमा वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेको जस्तो अडियो क्लिप प्रयोग गरिएको छ।

वाग्लेले यसलाई आफूविरुद्ध राजनीतिकरूपमा योजनाबद्ध प्रहार भएको दाबी गर्दै जिम्मेवार निकायबाट छिटो छानबिन गर्न आग्रह गरेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News