Bhairahawa Online Logo
News

नुवाकोटमा बाढीले बगाउँदा एक बालिकाको मृत्यु, तीन घाइते

Share:
Bhairahawa Online
नुवाकोटमा बाढीले बगाउँदा एक बालिकाको मृत्यु, तीन घाइते

नुवाकोट – विद्यालयबाट घर फर्किँदै गरेका बालबालिकालाई बाढीले बगाउँदा नुवाकोटको चिलाउनेगाउँमा एक छात्राको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

तादी गाउँपालिका–२ मा रहेको चिलाउने आधारभूत विद्यालयबाट फर्कने क्रममा स्थानीय चिलाउने खोलाले बगाउँदा ६ वर्षीया सुशीकला तामाङको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष वच्चुराम तामाङले पुष्टि गरेका छन्।

सोही घटनामा परेर कक्षा १ की सुष्मा तामाङ, कक्षा २ की ७ वर्षीया ज्योति तामाङ र जोयश तामाङ घाइते भएका छन्। उनीहरूलाई तत्कालै उद्धार गरी चिलाउने प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ। प्रहरीका अनुसार घाइतेको अवस्था अहिले स्थिर छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News