News
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन
Bhairahawa Online

दाङ — लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ। उनको निधनबारे एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले जानकारी दिएका छन्।
पूर्वी रुकुम, तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पताल, महाराजगञ्ज अन्तर्गतको मनमोहन सेन्टरमा भर्ना गरिएको थियो। अस्पतालमा उनको दुई पटक ठूलो शल्यक्रिया भएको थियो। पहिलो अपरेशनपछि उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।
पुन एमालेबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य बनेकी थिइन्।