Bhairahawa Online Logo
News

रुपन्देही-३ उपनिर्वाचनमा रास्वपाबाट लेखजंग थापा उम्मेदवार

Share:
Bhairahawa Online
रुपन्देही-३ उपनिर्वाचनमा रास्वपाबाट लेखजंग थापा उम्मेदवार

काठमाडौं, भदौ १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनमा लेखजंग थापालाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीले प्री-इलेक्सन प्रक्रिया सम्पन्न गरेर थापाको नाम छानेको हो। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले थापाको उम्मेदवारी सार्वजनिक गरेका हुन्।

उम्मेदवारी घोषणा कार्यक्रममा थापाले रुपन्देहीका जनताले अझै पनि “परिवर्तनको चाहना” गरेको बताएका छन्। उनले आफ्नी हजुरआमाको जीवन अनुभवलाई उदाहरण दिँदै समाजमा नयाँ सोच र प्रणालीको आवश्यकता औंल्याए।

थापाले रुपन्देही-३ का नागरिकलाई परिवर्तनको अनुभूति दिलाउने वाचा गर्दै आफ्नो टोलीसँगै आगामी निर्वाचनमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News