Bhairahawa Online Logo
Social

प्रधानमन्त्री कार्कीको निर्देशन : जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नू

Share:
Bhairahawa Online
प्रधानमन्त्री कार्कीको निर्देशन : जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नू

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले वर्षा र बाढीबाट जोखिममा पर्न सक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले शुक्रबार जारी गरेको सूचनामा मनसूनी वर्षाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर बिरामीहरूलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १७ देखि २० गतेसम्म कतिपय स्थानमा भारी र अति भारी वर्षा हुने र नदीहरूको जलस्तर उठ्ने सम्भावना रहेको छ। यसले गर्दा मधेश प्रदेशका महाभारत र चुरे क्षेत्रबाट बग्ने ससाना नदीनालाहरूमा आकस्मिक बाढी र खहरे आउन सक्ने खतरा रहेको छ।

प्रधानमन्त्री कार्कीले स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउने, डुबान क्षेत्रबाट अग्लो र सुरक्षित स्थानमा सर्ने पूर्वतयारी गर्ने र आधिकारिक निकायले जारी गरेको सूचना बमोजिम यात्रा नगर्ने अनुरोध गरेकी छिन्। साथै विपद व्यवस्थापनमा संलग्न निकायहरूलाई पनि उच्च सतर्कताका साथ कार्य गर्न निर्देशन दिइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News