Social
अब ठूलो वर्षाको सम्भावना टर्यो : मौसम विभाग
Bhairahawa Online

काठमाडौं — मौसम विज्ञान विभागका अनुसार अब ठूलो वर्षा पर्ने सम्भावना कम भएको छ। विभागका मौसमविद् मीनकुमार अर्यालको भनाइमा पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाले अब ठूलो वर्षाको खतरा टरेको छ।
अर्यालको अनुसार ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि यो मध्यम हुँदै जाने देखिन्छ। ठूलो वर्षाको सम्भावना नभए पनि हल्का देखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको छ।
बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा ठूलो वर्षा परेको थियो। मौसम विभागले अझै पनि हल्का वर्षा जारी रहने र यसको तीव्रता क्रमशः कम हुँदै जाने अनुमान गरेको छ।