Bhairahawa Online Logo
Social

आज कोशी र मधेशमा भारी वर्षाको सम्भावना

Share:
Bhairahawa Online
आज कोशी र मधेशमा भारी वर्षाको सम्भावना

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाले आज कोशी र मधेश प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। बंगालको खाडीबाट आएको जलवाष्प युक्त मनसुनी वायुको प्रभाव अहिले सम्म कायम रहेको छ।

आज दिउँसो बागमती र लुम्बिनी प्रदेशमा साधारण बदली रहने छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा साधारण बदली रहने छ। कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विपद् जोखिम न्यूनीकरणको लागि सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी र पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन सुझाव दिइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News