Bhairahawa Online Logo
Social

चितवनको राजमार्गमा सवारी चलाउन रोक

Share:
Bhairahawa Online
चितवनको राजमार्गमा सवारी चलाउन रोक

चितवन — जिल्ला प्रशासन कार्यालयले भारी वर्षा र पहिरोको जोखिमको कारण चितवन हुँदै चल्ने सवारी साधनमा रोक लगाएको छ। हिजो साँझ ६:०० बजेदेखि अर्को सूचना नआएसम्म नारायणगढ-मुग्लिङ-नागढुङ्गा सडक खण्डमा अत्यावश्यक बाहेकका सबै सवारी साधनहरूको आवतजावत बन्द गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको जारी विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार बनाइएको छ। मौसम विभागले असोज १९ र २० गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ।

यसरी सवारी रोक लगाइएकोले नारायणगढदेखि काठमाडौंतर्फ जाने र चितवन हुँदै अन्य जिल्लामा जाने सबै प्रकारका सवारी साधनहरूको आवागमन प्रभावित भएको छ। जिल्ला सुरक्षा समितिले यो निर्णय कार्यान्वयनमा सहयोग गर्न सबै सम्बन्धित पक्षहरूलाई अनुरोध गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News