Bhairahawa Online Logo
News

‘नेपो बेबी’ अभियानले छोरी ज्वाइँलाई मानसिक यातना दियो’ : महेश बस्नेत

Share:
Bhairahawa Online
‘नेपो बेबी’ अभियानले छोरी ज्वाइँलाई मानसिक यातना दियो’ : महेश बस्नेत

भैरहवा — एमाले नेता महेश बस्नेतले हाल सामाजिक सञ्जालमा चलिरहेको ‘नेपो बेबी अभियान’प्रति असन्तोष व्यक्त गरेका छन्। उनले उक्त अभियानमार्फत आफ्नो छोरी र ज्वाइँको नाम र तस्बिर जोडेर गरिएको प्रचारप्रति कडा आपत्ति जनाएका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत जारी गरेको भनाइमा ‘Gen Z Nepo baby अभियान’ कुनै स्वतन्त्र वा रचनात्मक आन्दोलन नभई बदनाम गर्ने उद्देश्यले चलाइएको कार्य भएको दाबी गरे। उनका अनुसार यस्तो प्रवृत्तिले सामाजिक मर्यादामा आँच पुर्‍याउने मात्र होइन, सम्बन्धित व्यक्तिहरूलाई मानसिक यातना दिने कार्यसमेत गरेको छ।

“मेरो परिवारले नातावाद वा कृपावादमार्फत कुनै सुविधा लिएको छैन। छ भने पुष्टि गर्न चुनौती दिन्छु,” उनले स्पष्ट पार्दै आफ्नो छोरी चिकित्सक र ज्वाइँ राष्ट्रसेवक भएको उल्लेख गरे। उनले पारिवारिक जीवनलाई लक्षित गरी गरिएका टिप्पणी र अफवाहलाई आपराधिक प्रकृतिको गतिविधि भनेका छन्।

बस्नेतले टिकटकमार्फत विवाहजस्तो पवित्र अवसरलाई तोडमोड गरी गलत सन्देश फैलाइएको भन्दै आपत्ति जनाउँदै भने, “ईर्ष्या र द्वेषका आधारमा चलाइएको यस्तो अभियान अस्वीकार्य छ।”

उनले सरकारले यस्ता कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै सामाजिक सञ्जाललाई द्वेष फैलाउने माध्यम नबनाउन आग्रह गरे।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News