News
‘जेन जी’ आन्दोलनलाई मेयर बालेनको समर्थन
Bhairahawa Online

भैरहवा — देशभर स्वतःस्फूर्त रूपमा सुरु भएको ‘जेन जी’ पुस्ताको आन्दोलनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले समर्थन जनाएका छन्।
बालेनले आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उमेरको कारण प्रत्यक्ष सहभागिता जनाउन नसक्ने भए पनि आफू आन्दोलनसँगै रहेको बताएका छन्।
उनले लेखेका छन्, “यो स्वतःस्फूर्त आन्दोलनमा कुनै पार्टी, नेता वा कार्यकर्ताले आफ्नो स्वार्थका लागि बाठो नबनून्। म उमेर हदका कारण सहभागी हुन सक्दिनँ, तर जेन जी पुस्ताको आवाज सुन्नु जरुरी छ। मेरो पूर्ण समर्थन छ।”
उनको समर्थनसहित आन्दोलनले थप चर्चाको विषय बनेको छ।