News
सञ्चार मन्त्रालयको आग्रह : भिपिएन प्रयोग नगर्नुहोस्
Bhairahawa Online

भैरहवा — सरकारले नेपालभित्र प्रतिबन्धित सामाजिक सञ्जाल प्रयोग गर्न भर्चुअल प्राइभेट नेटवर्क (VPN) प्रयोग नगर्न आग्रह गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भिपिएनमार्फत निषेधित सञ्जालमा प्रवेश गर्न खोज्नु असुरक्षित, अनधिकृत र जोखिमपूर्ण हुने उल्लेख गरेको हो।
विज्ञप्तिमा भनिएको छ, *“नेपाल सरकारको निर्णयअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गरिएको छ। त्यस्ता प्लेटफर्ममा पहुँच पाउन असुरक्षित र अनधिकृत भिपिएन प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गर्दछौँ।”*
मन्त्रालयले अनधिकृत भिपिएन प्रयोगले व्यक्तिगत डाटा चोरी, साइबर आक्रमण तथा कानुनी जोखिम निम्त्याउन सक्ने चेतावनीसमेत दिएको छ।
---