फरार कैदीमध्ये ३ हजार ७२३ पक्राउ, अझै १० हजार बढी खोजीमा

काठमाडौं – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभरका कारागार तथा हिरासत तोडफोड भई भागेका कैदीबन्दीमध्ये ३ हजार ७२३ जनालाई पुनः नियन्त्रणमा लिइएको छ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार पक्राउ परेका कैदीबन्दीलाई कारागारमा पु¥याइएको छ भने अझै करिब १० हजार ३२० जना फरार छन्। उनले आम सर्वसाधारणलाई आवश्यक सर्तकता अपनाउन आग्रह गर्दै फरारबारे जानकारी भए नजिकको प्रहरी वा सुरक्षासंस्थालाई खबर गर्न अनुरोध गरे।
प्रहरीका अनुसार भागेका मध्ये कतिपयलाई भारत प्रवेश गर्ने क्रममा त्यहाँको सुरक्षाकर्मीले पक्राउ गरी फिर्ता पठाएका छन् भने केही सेना, प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन्। यद्यपि, केही स्वयं फर्किएर कारागारमा पुगेको जानकारी पनि आएको छ।
त्यसैगरी, प्रहरी हिरासत तोडफोड गरेर भागेका १३९ थुनुवा पुनः समातिएका छन् तर अझै २१०० भन्दा बढी थुनुवा फरार रहेको प्रहरी प्रवक्ता घिमिरेले बताए।