Bhairahawa Online Logo
News

नेपालमा Facebook सहित २६ सामाजिक सञ्जाल निष्क्रिय बनाउन प्राधिकरणको निर्देशन

Share:
Bhairahawa Online
नेपालमा Facebook सहित २६ सामाजिक सञ्जाल निष्क्रिय बनाउन प्राधिकरणको निर्देशन

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउन पत्राचार गरेको छ।

सरकारको निर्णय र सर्वोच्च अदालतको आदेशअनुसार प्राधिकरणले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिङ्क्डइन, स्न्यापच्याट, रेड्डिट, डिस्कोर्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, कोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो जस्ता प्लेटफर्म निष्क्रिय गर्न निर्देशन दिएको हो।

यसअघि मन्त्रिपरिषद्ले सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन अन्तिम आह्वान गरेको थियो। दर्ता नभएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निष्क्रिय बनाउने निर्णय गरेको हो। साथै सर्वोच्च अदालतले पनि नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाललाई दर्ता गर्न र गुनासो सुन्ने अधिकारी तोक्न परमादेश जारी गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News