Bhairahawa Online Logo
News

नेपालमा भाइबर पहिलो स्थानमा, २४ घण्टामै ८८ एप्सलाई उछिन्न सफल

Share:
Bhairahawa Online
नेपालमा भाइबर पहिलो स्थानमा, २४ घण्टामै ८८ एप्सलाई उछिन्न सफल
Pic : flicker

काठमाडौं — नेपालमा २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएपछि **राकुटेन भाइबर मेसेन्जर** सबैभन्दा बढी लाभान्वित भएको देखिएको छ। प्रतिबन्ध अघि गुगल प्ले स्टोरको नेपाली चार्टमा ८९औँ स्थानमा रहेको यो एप २४ घण्टाभित्रै पहिलो स्थानमा पुगेको हो।

यस क्रममा भाइबरले ८८ वटा अन्य एप्सलाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेको छ। प्ले स्टोरको हालको चार्टमा भाइबरलाई पछ्याउँदै क्रमशः **ChatGPT, Imo, WhatsApp, Call App र CapCut** रहेका छन्।

त्यसैगरी, प्रतिबन्धबाट अछुतो रहेको **टिकटोक** हाल सातौँ स्थानमा छ। प्रतिबन्ध लगाइनु अघि भने पहिलो स्थानमा **ChatGPT** रहँदा, त्यसपछि WhatsApp, CapCut, TikTok, TikTok Lite, Yango, ShareIt र AliExpress रहेका थिए।

यसरी हेर्दा पछिल्ला २४ घण्टाभित्र ChatGPT एक स्थान तल झरेको छ भने WhatsApp दुई स्थान तल गएको छ। त्यस्तै CapCut र TikTok तीन स्थानले तल खसिएका छन्।

गुगल प्ले स्टोरको यो सूची हालसालैका डाउनलोड संख्याका आधारमा तय गरिने भएकाले लोकप्रियतामा छोटो समयमा ठूलो उतारचढाव देखिने गरेको छ।

---

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News