Bhairahawa Online Logo
News

मेटाले नेपालमा दर्ताका लागि कागजात माग्यो : मन्त्रालय

Share:
Bhairahawa Online
मेटाले नेपालमा दर्ताका लागि कागजात माग्यो : मन्त्रालय

काठमाडौँ – फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल बन्द हुने निर्णयपछि मेटाले नेपालमा सूची दर्ताका लागि आवश्यक कागजातबारे जानकारी मागेको सरकारको दाबी छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुर कार्यालयबाट मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयलाई इमेलमार्फत सम्पर्क गर्दै दर्ता प्रक्रिया सम्बन्धी विवरण सोधिएको हो।

त्यस्तै, हाम्रो पात्रोले पनि नेपालमा सूची दर्ता प्रक्रियाको पहल गरेको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालयले सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालमा २६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेको थियो ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News