Bhairahawa Online Logo
Social

मुर्ति सेलाउने क्रममा जनकपुरमा दुई समुदायबीच झडप, प्रशासनद्वारा निषेधाज्ञा जारी

Share:
Bhairahawa Online
मुर्ति सेलाउने क्रममा जनकपुरमा दुई समुदायबीच झडप, प्रशासनद्वारा निषेधाज्ञा जारी

जनकपुरधाम- दसैंको अवसरमा जनकपुरधाम–२० धनुषाको देवपुरा रूपैठामा दुर्गा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद भएको छ। घटनापछि स्थानीय प्रशासनले शुक्रबार साँझदेखि उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले चार किल्लाभित्र लागू हुने गरी आदेश जारी गर्दै भनेका छन् — “पूर्वतर्फ लोहना जाने बाटो, पश्चिमतर्फ बसहिया जाने बाटो, उत्तरतर्फ सिक्स लेन र दक्षिणतर्फ गंगुली पुलसम्म निषेधाज्ञा लागू गरिएको छ। अर्को आदेश नआउन्जेल भेला, जुलुस, प्रदर्शन, सभा, अनशन, घेराउ, आगजानी र तोडफोडमा संलग्न हुनेहरूलाई कानुनी कारबाही गरिनेछ।”

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार तेलिया पोखरी नजिक मूर्ति सेलाउने क्रममा सुरुमा अवस्था सामान्य थियो। तर पछि विवाद संगै घरमा तोडफोड भयो र तनाव फैलियो। एक प्रहरी अधिकारीले भने, “हामी तत्काल घटनास्थल पुगेका थियौं र अहिले स्थिति नियन्त्रणमा छ। मूर्ति तेलिया पोखरीमा सुरक्षित रूपमा सेलाइएको छ।” हाल उक्त क्षेत्रमा प्रशासनले निगरानी कडा बनाएको छ।

मुर्ति सेलाउने क्रममा जनकपुरमा दुई समुदायबीच झडप, प्रशासनद्वारा निषेधाज्ञा जारी

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News