Bhairahawa Online Logo
News

पर्सा निकुञ्जको जंगलमा बाघको आक्रमण, एक जनाको ज्यान गयो

Share:
Bhairahawa Online
पर्सा निकुञ्जको जंगलमा बाघको आक्रमण, एक जनाको ज्यान गयो

सिमरा — बाराको पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने आधाभार जंगलमा बुधबार बिहान बाघको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ।

मृतक जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा भएको प्रहरीले पुष्टि गरेको छ। उनी घास काट्न पथलैया–अमलेखगञ्ज सडकखण्ड नजिकको जंगलमा गएका बेला बाघले आक्रमण गरेको जनाइएको छ।

प्रहरीका अनुसार राजमार्गबाट करिब तीन सय मिटरभित्रको क्षेत्रमा शर्माको शव फेला परेको हो।

यसअघि असार ४ गते पनि जीतपुरसिमरा–२१ को जंगलमा बाघको आक्रमणमा परी ५० वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको थियो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News