Bhairahawa Online Logo
Politics

सिंहदरबार अगाडि घाइतेहरूको विरोध, सुदन गुरुङमाथि ‘नक्कली जेनजी’ भएको आरोप

Share:
Bhairahawa Online
सिंहदरबार अगाडि घाइतेहरूको विरोध, सुदन गुरुङमाथि ‘नक्कली जेनजी’ भएको आरोप

काठमाडौं – जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूले आइतबार प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। उनीहरूले अन्तरिम सरकारमा अवसरवादी नेताहरू प्रभाव जमाएको भन्दै नाराबाजी गरेका हुन्।

प्रदर्शनकारी घाइतेहरूले आफूलाई बेवास्ता गरिएको गुनासो गर्दै अहिलेसम्म कुनै सुविधा वा राहत नपाएको बताएका छन्। साथै, उनीहरूले हामी नेपालसँग जोडिएका सुदन गुरुङलाई ‘नक्कली जेनजी’ भएको आरोप लगाएका छन्।

आन्दोलनका घाइतेहरूले घाइते र उनीहरूको परिवारलाई समेत सरकारले समावेश गर्नुपर्ने माग समेत राखेका छन्।

सिंहदरबार अगाडि घाइतेहरूको विरोध, सुदन गुरुङमाथि ‘नक्कली जेनजी’ भएको आरोप

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News