News
अन्तरिम सरकारप्रति भारतको समर्थन, ‘शान्ति र स्थिरतामा टेवा पुग्ने विश्वास’
Bhairahawa Online

भैरहवा – नेपालमा गठन भएको नयाँ अन्तरिम सरकारप्रति भारतले स्वागत जनाएको छ। शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस कदमले नेपालको राजनीतिक स्थिरता र शान्ति प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको हो।
भारतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको स्वागत गर्दछौँ। यो सरकार गठनले नेपालमा शान्ति र स्थिरतालाई सुदृढ पार्न मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ।”
भारतले नेपाललाई नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा लिँदै, दुवै देशबीचको सहकार्यलाई अझै मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएको छ।