आज विश्वकर्मा पूजा, औजार र सवारी साधनमा आराधना

रूपन्देही— असोज १ गते विश्वकर्मा पूजा तथा वास्तु दिवस नेपालभर मनाइँदैछ। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विधिपूर्वक विश्वकर्माको पूजा आराधना गरिन्छ।
कलकारखानाहरूमा विश्वकर्माको मूर्ति वा तस्बिरलाई विशेष रूपमा सजाएर मजदुर र कर्मचारीसहित पूजा गर्ने परम्परा छ। पूजा पछि मूर्ति बागमती मुहानस्थल, सुन्दरीजल वा अन्य पवित्र स्थलमा लगेर नदीमा विसर्जन गरिन्छ।
धार्मिक विश्वास अनुसार, आज औजार, उपकरण र सवारीसाधनमा पूजा गर्दा तिनीहरू लामो समय टिक्छन्, बिग्रँदैनन् र काममा सफलता प्राप्त हुन्छ। द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाएको धार्मिक कथा पनि यससँग जोडिन्छ।
विश्वकर्मा प्राचीन भारतका चार दिशाका रक्षक देवतामध्ये पश्चिम दिशाको रक्षक मानिन्छन् र वास्तु विज्ञानमा उनका विशेष योगदानका लागि पूजनीय मानिन्छन्। नेपाल र भारतका कालिगडले आज उनका गुण र विद्वताको सम्मान गर्दै भव्य पूजा आराधना गर्ने चलन छ।
आजका दिन इञ्जिन भएका यन्त्र, सवारीसाधन र औजारमा समेत पूजा गरी सफलताको कामना गरिन्छ।
---