Social
रसुवामा भीरबाट खसेर एक व्यक्तिको ज्यान गयो
Bhairahawa Online

रसुवा — जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ सिओका ५२ वर्षीय ल्हासिङ तामाङको भीरबाट खसेर मृत्यु भएको छ।
प्रहरीका अनुसार उनी भदौ २७ गते बिहान घरबाट काममा निस्किएका थिए तर रातिसम्म फर्किएनन्। आफन्त र स्थानीयले खोजी गर्दा भदौ २८ गते साँझ बाहुनडाँडामा उनको शव भेटिएको थियो।
प्रहरी निरीक्षक राजु शाहका अनुसार शवलाई रसुवा अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ।