Social
यस वर्ष दशैंको टीका साइत
Bhairahawa Online

काठमाडौं — यस वर्षको विजया दशमीमा टीका लगाउने उत्तम समय असोज १६ गते बिहीबार बिहान ११:५३ बजे हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिका अनुसार असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापना गर्न उपयुक्त रहनेछ। त्यस्तै, असोज ७ गते बिहान ९:५३ मा जमरा राखिएको कलशमा झण्डा फेर्ने साइत छ। फूलपाती तुलजाभवानी यात्राको शुभसाइत असोज १३ गते बिहान ७:१७ मा रहेको बताइएको छ।
टीका र प्रसाद ग्रहणका लागि भने निश्चित समयको आवश्यकता नभएको समितिले उल्लेख गरेको छ। देवी विसर्जन असोज १६ गते बिहान ९:२३ मा हुने बताइएको छ।