Bhairahawa Online Logo
News

गोरखामा रात्रि बस दुर्घटना, २१ घाइतेमध्ये केहीको अवस्था गम्भीर

Share:
Bhairahawa Online
गोरखामा रात्रि बस दुर्घटना, २१ घाइतेमध्ये केहीको अवस्था गम्भीर

गोरखा — काठमाडौंबाट गोरखा जाँदै गरेको रात्रि बस दुर्घटना हुँदा कम्तीमा २१ जना घाइते भएका छन्। दुर्घटना भीमसेन थापा गाउँपालिका–३ मा बिहान सबेरै भएको हो।

गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस सडकबाट अनियन्त्रित भई रुखमा अड्किँदा दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ। डीएसपी इन्द्र प्रसाद सुवेदीका अनुसार घाइतेमध्ये ३–४ जनाको अवस्था गम्भीर छ भने अन्यको आरुघाट अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी र स्थानीयवासीले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए। बसमा सवार यात्रुहरूका अनुसार रुखमा अड्किएको कारण ठूलो मानवीय क्षति हुनबाट दुर्घटना जोगिएको हो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News