Bhairahawa Online Logo
News

कालीगण्डकीमा बेपत्ता युवकको शव फेला

Share:
Bhairahawa Online
कालीगण्डकीमा बेपत्ता युवकको शव फेला

म्याग्दी – सदरमुकाम बेनीबाट गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवामध्ये एक जनाको शव कालीगण्डकी नदीमा फेला परेको छ।

बेनी नगरपालिका–६ जामुनाखर्कका **हरिप्रसाद शर्मा (रिजाल)**को शव शुक्रबार बिहान बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ। हुलियाका आधारमा परिवारजनले सनाखत गरेका थिए।

बागलुङ प्रहरीका अनुसार आज बिहान नदी किनारमा शव देखिएपछि स्थानीयले जानकारी दिएका थिए। त्यसपछि म्याग्दी प्रहरीसँग समन्वय गरी शवलाई सनाखत गरी पोस्टमार्टमपछि परिवारलाई अन्तिम संस्कारका लागि बुझाइएको हो।

रिजालसँगै हराएको रघुगङ्गा गाउँपालिका–२ भगवतीका कुमार रिजाल भने अझै बेपत्ता छन्। दुवै जना बेनीको बैंकरोडस्थित होटलमा खाना खाएपछि एउटै मोटरसाइकलमा चढी कालीगण्डकी चक्रपथतर्फ गएको देखिएको र सो समयमा मोटरसाइकल नदीमा खसेको दृश्य सीसीटीभीमा कैद भएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल वरपर जुत्ता, हेलमेटको भाइजर र मोटरसाइकलको फ्युलट्याङ्की फेला परेको थियो। घटनापछि प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र परिवारजनले लगातार खोजीकार्य थालेका थिए।

यसबीच, अझै बेपत्ता रहेका कुमार रिजालका आफन्तले धार्मिक परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News