Bhairahawa Online Logo
News

आज इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइँदै

Share:
Bhairahawa Online
आज इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं — वर्षा र उर्वरताको देवता देवराज इन्द्रको सम्मानमा आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं उपत्यका मात्र नभई ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रहरूमा पनि विशेष रूपमा आयोजना हुने गर्दछ।

हनुमानढोकामा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएसँगै सुरु हुने यस पर्वमा आठ दिनसम्म विविध नाचगान, देवी–देवताका पूजाआजा र रथयात्रा हुने परम्परा छ। यसलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ, जहाँ लिङ्गोको फेदमा भैरवको पूजा गर्ने चलन छ।

जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशावतार नाच र ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच विशेष आकर्षणका रूपमा प्रस्तुत गरिन्छ। आठौं दिनमा भने इन्द्रध्वज लडाउने इन्द्रध्वज पातन गरेर पर्वको समापन गरिन्छ।

यस दिन राजधानीमा श्री गणेश, श्री भैरव र जीवित देवी कुमारीको रथयात्रा निकालीने परम्परा छ। यसलाई राज्यका उच्च पदाधिकारीले अवलोकन गर्ने प्रचलन रहेको छ।

यस्तै, आजकै दिन अनन्त चतुर्दशी पनि पर्छ। यस अवसरमा भगवान् विष्णुको पूजा–आराधना गरिने तथा चोखो धागोमा अनन्त मन्त्रण बाँध्ने परम्परा छ, जसले वर्षभर शुभ फल प्रदान गर्ने विश्वास गरिन्छ। भक्तजनहरू उपत्यकाको पश्चिमी क्षेत्रमा अवस्थित इन्द्रदहमा स्नान र मेला गर्न जाने गर्दछन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News