Bhairahawa Online Logo
News

तियानजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच भेट हुने

Share:
Bhairahawa Online
तियानजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच भेट हुने

काठमाडौं — चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार भेटवार्ता हुने भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेताबीच तियानजिनको मेइक्याङ सम्मेलन केन्द्रमा साँझ ६:४५ बजे भेट तय भएको छ। करिब आधा घन्टा चल्ने वार्तामा दुई देशबीचको आपसी हितका विषयमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी हुन पाँचदिने चीन भ्रमणमा छन्। उनले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र भियतनामी प्रधानमन्त्री फाम मिन चिङसँग पनि भेटवार्ता गरेका थिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News