News
सरकारले निष्क्रिय सामाजिक सञ्जाल पुनः सञ्चालन गर्ने निर्णय
Bhairahawa Online

भैरहवा । सरकारले लामो समयदेखि अवरुद्ध रहेका सामाजिक सञ्जालहरू खोल्ने निर्णय गरेको छ। सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सार्वजनिक रूपमा उक्त जानकारी दिएका हुन्।
यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्द रहनु उचित नभएको भन्दै सरकारसँग आग्रह गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीसँग भेटमा सहभागी भई सामाजिक सञ्जाल खुलाउन सुझाव दिएका थिए।
सरकारको यो निर्णयसँगै प्रयोगकर्ताहरूले अवरुद्ध रहेका सामाजिक सञ्जाल फेरि प्रयोग गर्न पाउने भएका छन्।