Bhairahawa Online Logo
News

प्रधानमन्त्रीको राजीनामा नआउने : सञ्चारमन्त्री गुरुङ

Share:
Bhairahawa Online
प्रधानमन्त्रीको राजीनामा नआउने : सञ्चारमन्त्री गुरुङ

भैरहवा — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्रीको राजीनामा नआउने स्पष्ट पारेका छन्। सोमबार रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्री वा मन्त्रीहरूको सामूहिक राजीनामाबारे चर्चा मात्र भएको तर त्यस्तो निर्णय नलिइएको बताए।

गुरुङका अनुसार गृहमन्त्री रमेश लेखकले भने व्यक्तिगत रूपमा पद त्याग गरेको जानकारी दिइएको छ। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “सडकमा बसेर राजीनामा मागेर हुने कुरा होइन।”

उनले जेन–जि आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय सरकारको भएको पनि बताए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News