Bhairahawa Online Logo
Politics

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेटवार्ता

Share:
Bhairahawa Online
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं — अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच मंगलबार अपराह्न भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतले विगतमा झैँ भविष्यमा पनि नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पुनर्निर्माण, सुशासन र शान्तिको पक्षमा भारतको समर्थन जारी रहने स्पष्ट पारे।

यसअघि प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समार्फत वार्ता गर्ने कार्यक्रम तय भए पनि त्यसलाई बिहीबारका लागि सारिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्की हालै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि अन्तरिम सरकारको नेतृत्वमा आएकी हुन्। अब आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News