Politics
जेनजी आन्दोलनका मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने सरकारी निर्णय
Bhairahawa Online

भैरहवा – सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूलाई सहिदको मान्यता दिने र उनीहरूको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने व्यवस्था मिलाउने र शवलाई सम्बन्धित स्थानसम्म पुर्याउन आवश्यक सहजीकरण गर्ने निर्णयसमेत गरेको छ।
गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले यसअघि प्रदान गर्दै आएको १० लाख क्षतिपूर्तिमा थप ५ लाख बढाएर १५ लाख पुर्याएको हो।