Politics
एमाले सचिवालय बैठक आज, आन्दोलनपछिको राजनीतिक रणनीति तय गर्ने तयारी
Bhairahawa Online

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा आयोजना हुने तय गरिएको छ।
बैठकमा हालैको जेनजी आन्दोलनपछि देखिएका राजनीतिक परिवर्तन र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ। यससँगै, बैठकले पार्टीको आगामी रणनीति, कार्यदिशा तथा संगठन सुदृढीकरणमा जोड दिनेछ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, आन्दोलनपछिको सन्दर्भमा पार्टीको भूमिका, संगठनात्मक तयारी र आगामी कार्यक्रमबारे ठोस निर्णय गर्ने तयारी बैठकले गर्नेछ।