दार्चुलामा जिप दुर्घटना, एकको मृत्यु र छ जना गम्भीर घाइते

दार्चुला — जिल्लाको निसिलस्थित गजुराडी क्षेत्रमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्।
दुर्घटना दिउँसो करिब ४ बजे महाकाली नगरपालिका–९ सकारबाट वडा नम्बर ६ निसिलतर्फ जाँदै गरेको जिपमा भएको हो। जिप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ३० वर्षीय नरेशबहादुर पालको घटनास्थलमै मृत्यु भएको छ। घाइतेमा लोकेन्द्रसिंह धामी, पंकज पाल, जयबहादुर पाल, सुमन पाल, चालक अम्मरसिंह धामी र १४ वर्षीय सुमन पाल रहेका छन्। उनीहरूको टाउको र अनुहारमा चोट लागेको छ।
घाइतेहरूलाई सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने चार जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। प्रहरीले दुर्घटनाको कारण र सम्पूर्ण परिस्थितिको अनुसन्धान गरिरहेको छ।