Bhairahawa Online Logo
Politics

महावीर पुन शिक्षामन्त्री र पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

Share:
Bhairahawa Online
महावीर पुन शिक्षामन्त्री र पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् भने अनुभवी पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

महावीर पुनलाई प्रधानमन्त्री कार्कीले शिक्षामन्त्रीका लागि प्रस्ताव गरेकी थिइन्। नेपालमा आविष्कार र अनुसन्धान प्रवर्द्धनमा सक्रिय पुनलाई मन्त्री बनाएपछि शिक्षा क्षेत्रमा नयाँ दृष्टिकोण आउने अपेक्षा गरिएको छ।

सञ्चारमन्त्रीमा नियुक्त भएका जगदीश खरेल लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तित्व हुन्। उनले इमेज टिभीका समाचार प्रमुखको रूपमा काम गर्दै आएका थिए। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका खरेल हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेका छन्।

अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तारसँगै शिक्षा र सञ्चार क्षेत्रमा नयाँ नेतृत्व प्रवेश गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News