Bhairahawa Online Logo
Politics

रास्वपा प्रवक्ता झा : “प्रहरीले मेरो पनि छानबिन गरोस् , सुमनालाई नयाँ यात्राको शुभकामना”

Share:
Bhairahawa Online
रास्वपा प्रवक्ता झा : “प्रहरीले मेरो पनि छानबिन गरोस्  , सुमनालाई नयाँ यात्राको शुभकामना”

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नख्खु जेलमा भएको आगजनी घटनामा आफूलाई उक्साएको आरोपबारे प्रहरीमार्फत छानबिन गर्न आग्रह गरेका छन्।

केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले आगजनी हुनबाट बचाउन प्रयास गरेको दाबी गरे। झाका अनुसार, आगलागी रोक्न गएको भिडियोको केही अंश मात्र भाइरल बनाएर आफ्नो मानमर्दन गरिएको छ।

“घटना हुँदा नेता–कार्यकर्ताले रोक्ने धर्म हुन्छ। सभापति नजिकै हुनुहुन्थ्यो, त्यसैले म पनि पुगेको थिएँ। अब त्यसलाई आधार बनाएर ममाथि आरोप लाग्ने सम्भावना भएकाले प्रहरीलाई नै छानबिन गर्न भनेको हुँ,” उनले स्पष्ट पारे।

झाले नख्खु कारागार प्रशासनले पठाएको भनिएको पत्रबारे पनि प्रश्न उठाए। उनका अनुसार, आधिकारिक पत्रमा चाहिने हस्ताक्षर र स्ट्याम्प नभएको कारण शंका उत्पन्न भएको छ।

त्यस्तै, पार्टी छाडेकी नेतृ सुमना श्रेष्ठबारे पनि बैठकमा चर्चा भएको थियो। झाले सुमनाले विदेश नगई देशमै रहेर आफ्नै एजेन्डामा काम गर्ने बताएको भन्दै, उनको सहयात्राप्रति पार्टीले कृतज्ञता प्रकट गरेको बताए।

उनले पार्टीभित्र फर्काउन कार्यदल बनाएर संवाद अघि बढाउने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News