Bhairahawa Online Logo
Politics

माओवादी केन्द्रले सम्पत्ति छानबिन आयोग गठन, शीर्ष नेताबाट प्रारम्भ

Share:
Bhairahawa Online
माओवादी केन्द्रले सम्पत्ति छानबिन आयोग गठन, शीर्ष नेताबाट प्रारम्भ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्न विशेष आयोग गठन गरेको छ। शुक्रबार प्रज्ञा भवनमा बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार आयोगले सबैभन्दा पहिले अध्यक्षसहितका पदाधिकारीहरूको सम्पत्ति विवरण अध्ययन गर्नेछ। उनका अनुसार, “बैठकले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने र प्रारम्भ अध्यक्ष तथा पदाधिकारीबाटै गर्ने निर्णय गरेको छ।”

यससँगै माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन गरिएको छ। बैठकले नयाँ संरचना स्वरूप महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको हो। समितिको संयोजकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तोकिएका छन्।

बैठकले मंसिर महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। त्यहाँ जेनजी पुस्तासहित युवाहरूलाई व्यापक सहभागिता दिलाउने तयारी गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।

त्यस्तै, समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकता र विचार मिल्ने अन्य राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल जारी राख्ने निर्णय पनि बैठकले गरेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News