Social
आजको मौसम : कहाँ छ वर्षाको सम्भावना ?
Bhairahawa Online

काठमाडौं — मौसम विज्ञान विभागले आज देशको पश्चिमी भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
विभागको मौसम पूर्वानुमान अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। आज दिउँसो देखि राति सम्म पश्चिमी नेपालका धेरै जिल्लाहरूमा वर्षाको सम्भावना रहेको छ।
यसैगरी बाँकी प्रदेशहरूका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई क्षेत्रका एक-दुई स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ। मौसमको यो अवस्थाले कृषि कार्य र सडक यातायातमा केही असर पर्न सक्ने विभागले जनाएको छ।