Bhairahawa Online Logo
Politics

३ महिनाभित्र नतिजा प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने : मन्त्री पुन

Share:
Bhairahawa Online
३ महिनाभित्र नतिजा प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने : मन्त्री पुन

भैरहवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले परीक्षा सञ्चालन गरेर पनि तीन महिनाभित्र नतिजा नदिने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत मन्त्री पुनले विश्वविद्यालयहरूले परीक्षाफल प्रकाशित गर्न अत्यधिक समय लिने प्रथाले विद्यार्थीको भविष्यमा अपूरणीय क्षति पुर्‍याएको भन्दै अब तीन महिनाभित्र अनिवार्य रुपमा परिणाम सार्वजनिक गर्न निर्देशन दिने उल्लेख गरेका छन्।

उनले भने, “कतिपय विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा निकाल्न ८ महिना देखि १ वर्षसम्म लिने गरेका रहेछन्। यस्तो ढिलाइ विद्यार्थीको लागि गम्भीर समस्या हो। त्यसैले अब बढीमा ३ महिनाभित्र नतिजा निकाल्नुपर्ने र नगरे अनुदान नै रोक्का गरिनेछ।”

मन्त्री पुनले राष्ट्रिय परीक्षा बोर्डले करिब पाँच लाख कक्षा १२ का विद्यार्थीको नतिजा ३ महिनाभित्रै सार्वजनिक गर्ने उदाहरण दिँदै विश्वविद्यालयहरूले पनि सोही ढाँचामा काम गर्नुपर्ने बताए।

त्यस्तै, उनले देशभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षालाई अनिवार्य बनाउन प्रत्येक विद्यालयमा कम्तिमा एक दरबन्दी कम्प्युटर शिक्षक थप्न निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्रको झाडी फाँडेर (रुख नकटाई) सुन्दर बगैँचासहितको वातावरण बनाउन र पैदलमार्ग व्यवस्थित गर्न पनि उनले निर्देशन दिएका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News