Social
नख्खु कारागारबाट फरार ६५१ कैदी अझै उपस्थित नहुँदा कारागारको सार्वजनिक आग्रह
Bhairahawa Online

पाटन — नख्खु कारागारले भदौ २४ गते फरार भएका कैदीहरूलाई तोकिएको मितिमा फर्किएर आउन आग्रह गरेको छ। कारागार प्रमुख सत्यराज जोशीका अनुसार कारागारबाट फरार भएका १,२८० कैदीमध्ये हालसम्म ५८७ जना मात्र फर्किएका छन्।
जोशीले बताएका अनुसार फरार कैदीहरूमध्ये करिब ५० जना देशभरका अन्य कारागारहरूमा रहेको जानकारी प्राप्त भएको छ। तर अझै ६५१ जना कैदीहरू फरार नै रहेका छन्।
कारागार प्रशासनले असोज २० गतेभित्र फर्किएर नआउने कैदीहरू विरुद्ध कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। कारागारले यस कार्यमा सहयोग पुर्याउन कैदीहरूका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम र सम्बन्धित सरकारी कार्यालयहरूमा पनि सहयोगको अनुरोध गरेको छ।