Bhairahawa Online Logo
Social

एकादशीदेखि त्रयोदशीसम्म भीषण वर्षाको चेतावनी

Share:
Bhairahawa Online
एकादशीदेखि त्रयोदशीसम्म भीषण वर्षाको चेतावनी

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले दसैंको अवधिमा भीषण वर्षाको चेतावनी जारी गरेको छ। विभागको 'दसैं विशेष मौसम बुलेटिन-२' अनुसार असोज १७ गते एकादशीदेखि त्रयोदशीसम्म देशका विभिन्न भागहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम विश्लेषणअनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले गर्दा असोज १७ गतेदेखि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने देखिन्छ। यसले गर्दा दसैंको अन्त्यतिर वर्षाको तीव्रता बढ्ने सम्भावना छ।

विशेष गरी असोज १८ र १९ गतेमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यस वर्ष दसैंको अवधिमा मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ।

मौसम विभागले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो र यातायातमा असर पर्न सक्ने भएकाले सबै सम्बन्धित पक्षहरूलाई मौसमको अध्यावधिक जानकारी लिई सतर्कता अपनाउन सुझाव दिएको छ। दसैंपछि फर्कने यात्रुहरूलाई पनि मौसम र सडकस्थितिको जानकारी लिएर यात्रा गर्न सुझाव दिइएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News